सुर्खेत : सुर्खेतका स्थानीय तहमा तीन सय २४ करोड बढी बेरुजू पुगेको छ । स्थानीय सरकार सञ्चालन यता सुर्खेतका नौ वटा स्थानीय तहमा बेरुजूको अवस्था भयावह रहेको पाइएको हो । प्रदेश राजधानी अवस्थित वीरेन्द्रनगर नगरपालिकामा आर्थिक वर्ष २०८०÷०८१ सम्मको अद्यावधिक बेरुजू ८६ करोड १७ लाख ७ हजार रहेको हो ।
आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षको अवधिमा मात्र वीरेन्द्रनगरमा १२ करोड ३ लाख १६ हजार बेरुजू थपिएको छ । सोमध्ये असुल गर्नुपर्ने ५ करोड ७२ लाख २० हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ३९ लाख ७ हजार, नियमित गर्नुपर्ने ४ करोड ४६ लाख ४९ हजार र पेस्की बाँकी ४५ लाख ४० हजार रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा वीरेन्द्रनगरले ६ करोड ६३ लाख ७५ हजार बेरुजू फस्र्यौट गरेको थियो ।
सिम्ता गाउँपालिकामा एक वर्षको अवधिमा ५ करोड १९ लाख ३९ हजार बेरुजू थपिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा थपिएको बेरुजूमध्ये असुल गर्नुपर्ने ८ लाख ७२ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड ३५ लाख २१ हजार, नियमित गर्नुपर्ने २ करोड ९८ हजार र पेस्की बाँकी ७४ लाख ४८ हजार रहेको छ ।
आर्थिक वर्ष २०७९÷०८० सम्म सिम्ताको बेरुजू २५ करोड ५६ लाख ८३ हजार रहेको थियो । एक वर्षमा ५ करोड १९ लाख ३९ हजार थप हुँदा आर्थिक वर्ष आर्थिक वर्ष २०८०÷०८१ सम्म सिम्ता गाउँपालिकाको अद्यावधिक बेरुजू ३० करोड ७६ लाख २२ हजार पुगेको हो । सिम्तामा एक वर्षको अवधिमा थपिएको बेरुजूमध्ये नियमित गर्नुपर्ने धेरै रहेको छ ।
चिङ्गाड गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ सम्मको अद्यावधिक बेरुजू १४ करोड ७४ लाख ७५ हजार पुगेको छ । एक वर्षको अवधिमा मात्र चिङ्गाडमा २ करोड २१ लाख १२ हजार बेरुजू थपिएका हो । आर्थिक वर्ष २०८०÷०८१ मा थपिएको जम्मा बेरुजूमध्ये चिङ्गाडले प्रतिक्रियाबाट १० लाख २ हजार फस्र्यौट गरेको थियो ।
फस्र्यौट भई बाँकी २ करोड ११ लाख १० हजार बेरुजूमध्ये असुल गर्नुपर्ने ४२ लाख ३१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १५ लाख ७१ हजार, नियमित गर्नुपर्ने १ करोड ४५ लाख ८ हजार र पेस्की बेरुजु ८ लाख रहेको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० सम्म चिङ्गाडमा १२ करोड ६३ लाख ६५ हजार बेरुजू रहेको थियो ।
चौकुने गाउँपालिकामा बेरुजूको अवस्था भयावह रहेको पाइएको छ । स्थानीय सरकार सञ्चालन यता आर्थिक वर्ष २०८०÷०८१ सम्म चौकुनेको अद्यावधिक बेरुजू ४५ करोड ३० लाख ३८ हजार पुगेको छ । चौकुनेमा आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षको अवधिमा ९ करोड १६ लाख २५ हजार बेरुजू थपिएको हो ।
चौकुनेमा एक वर्षमा थपिएको जम्मा बेरुजूमध्ये असुल गर्नुपर्ने ५५ लाख ९० हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ६ करोड ८० लाख ७६ हजार, नियमित गर्नुपर्ने १ करोड ६७ लाख ४ हजार र पेस्की बाँकी १२ लाख ५५ हजार रहेको छ । आर्थिक वर्ष २०७९÷०८० सम्म चौकुनेको बेरुजू ३६ करोड १४ लाख १८ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०८०÷०८१ मा चौकुनेले ५ हजार मात्र बेरुजू फस्र्यौट गरेको थियो ।
सुर्खेतको बराहताल गाउँपालिकामा एक वर्षको अवधिमा ३ करोड ३८ लाख ९४ हजार बेरुजू देखिएको थियो । प्रतिक्रियाबाट ८ लाख ६९ हजार फस्र्यौट गर्दा बाँकी बेरुजु ३ करोड ३० लाख २५ हजारमध्ये असुल गर्नुपर्ने २२ लाख २ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ९१ लाख ५७ हजार, नियमित गर्नुपर्ने १ करोड ७५ लाख ५१ हजार र पेस्की बाँकी ४१ लाख १५ हजार रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ सम्म बराहतालको अद्यावधिक बेरुजू २५ करोड २४ लाख ८६ हजार पुगेको हो ।
गुर्भाकोट नगरपालिकामा आर्थिक वर्ष २०८०÷०८१ सम्मको अद्यावधिक बेरुजू १९ करोड ४७ लाख ११ हजार पुगेको छ । गुर्भाकोटमा एक वर्षको अवधिमा मात्र १ करोड १३ लाख ८२ हजार बेरुजू थपिएको थियो । प्रतिक्रियाबाट १ लाख ५७ हजार फस्र्यौट गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०८०÷०८१ को बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने ३ लाख ३८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ६ लाख ९० हजार, नियमित गर्नुपर्ने १ करोड १ लाख ९७ हजार रहेको छ ।
आर्थिक वर्ष २०७९÷०८० सम्म गुर्भाकोटको २९ करोड ५० लाख १८ हजार बेरुजू रहेको थियो । सम्परीक्षणबाट ११ करोड १८ लाख १७ हजार फस्र्यौट हुँदा २ लाख ८६ हजार बेरुजु थप भई १८ करोड ३४ लाख ८६ हजारमा एक वर्षमा १ करोड १२ लाख २५ हजार थप हुँदा आर्थिक वर्ष २०८०÷०८१ सम्म गुर्भाकोटको अद्यावधिक बेरुजू १९ करोड ४७ लाख ११ हजार पुगेको हो ।
पञ्चपूरी नगरपालिकामा आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षको अवधिमा ५ करोड ४८ लाख १३ हजार बेरुजू थपिएको थियो । प्रतिक्रियाबाट १४ लाख ९२ हजार फस्र्यौट गर्दा बाँकी बेरुजू ५ करोड ३३ लाख २१ हजारमध्ये असुल गर्नुपर्ने २३ लाख ६६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड ४३ लाख ५२ हजार, नियमित गर्नुपर्ने १ करोड ३४ लाख १० हजार र पेस्की बाँकी १ करोड ३१ लाख ९३ हजार रहेको छ ।
आर्थिक वर्ष २०७९÷०८० सम्म पञ्चपुरीको २३ करोड ६३ लाख ३५ हजार बेरुजू रहेको थियो । पञ्चपुरीमा आर्थिक वर्ष २०८०÷०८१ सम्मको अद्यावधिक बेरुजू २८ करोड ९६ लाख ५६ हजार पुगेको हो । उक्त नगरपालिकामा कागजात पेस गर्नुपर्ने बेरुजू बढी रहेको छ । स्थानीय सरकार सञ्चालनमा पुगेका जनप्रतिनिधि र जिम्मेवार पदाधिकारीले ऐन, नियमको पालना नगर्दा स्थानीय सरकारमा बेरुजू रकम थपिँदै गएको पाइन्छ ।
भेरीगंगा नगरपालिकामा आर्थिक वर्ष २०८०÷०८१ सम्म अद्यावधिक बेरुजू पालिकाको ४७ करोड ९० लाख ८१ हजार पुगेको छ । आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षको अवधिमा मात्र उक्त नगरपालिकामा ५ करोड ६८ लाख ५६ हजार बेरुजु थपिएको थियो ।
थपिएको बेरुजूमध्ये प्रतिक्रियाबाट ४५ लाख २१ हजार फस्र्यौट गर्दा बाँकी ५ करोड २३ लाख ३५ हजारमध्ये असुल गर्नुपर्ने ३३ लाख २५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड ८० लाख ७५ हजार, नियमित गर्नुपर्ने ८८ लाख ६३ हजार र पेस्की बेरुजू १ करोड २० लाख ७२ हजार रहेको छ । उक्त नगरपालिकामा आर्थिक वर्ष २०७९÷०८० सम्म ४३ करोड ४२ लाख ५१ हजार बेरुजू रहेको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा भेरीगंगाले ७५ लाख ५ हजार फस्र्यौट गरेको थियो ।
लेकवेशी नगरपालिकामा आर्थिक वर्ष २०८०÷०८१ सम्मको अद्यावधिक बेरुजू ३० करोड ८१ लाख ४८ हजार पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । लेकवेशीमा आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षको अवधिमा मात्र ५ करोड ७३ लाख ९८ हजार बेरुजू थपिएको थियो । ४७ लाख ६ हजारको फस्र्यौट गरिएको महालेखाले भनेको छ ।
बाँकी ५ करोड २६ लाख ९२ हजार बेरुजूमध्ये असुल गर्नुपर्ने ५० लाख ४० हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ९४ लाख २२ हजार, नियमित गर्नुपर्ने ८१ लाख ४९ हजार र पेस्की बेरुजु ३ करोड ८१ हजार रहेको छ । आर्थिक वर्ष २०७९÷०८० सम्म लेकवेशीको बेरुजू ३३ करोड १८ लाख २१ हजार बाँकी थियो । सम्परीक्षणबाट ७ करोड ६३ लाख ६५ हजार फस्र्यौट गरिएको थियो ।






